सोमबार, बैशाख १४, २०८३

नयाँ खुल्ने क्रम तिव्र तर लथालिंग पुस्तकालय

‘पुस्तकालय ज्ञानको भण्डार हो ।’ जर्मन कवि गोथेको यो भनाइले ज्ञानका लागि पुस्तकालय महव्तपूर्ण रहेको स्पष्ट हुन्छ ।

‘ज्ञान नै शक्ति हो’ र ‘शक्तिको मुहान ज्ञान हो’ जस्ता भनाइ अधिकांश दार्शनिकको पुस्तकमा पढ्न पाइन्छ । ‘वल्र्ड बुक इन्साइक्लोपिडिया’ ले संस्कृति र प्रविधिको विकासमा पुस्तकालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको छ ।

नेपालमा पुस्तकालय खुल्ने क्रम तीव्र छ । निजी क्षेत्रबाट टोलटोलमा पुस्तकालय खुलेका छन् । कतिपय पुस्तकालयले पाठकको भोक मेटेका छन् भने कतिपय नाम मात्रैका छन् ।

कतिपय निजी पुस्तकालयमा सर्वसाधारणको पहुँच छैन । सर्वसाधारणको सहज पहुँचका लागि सरकारले काठमाडौंमा दर्जन बढी पुस्तकालय खोलेको छ ।

तर उचित संरक्षण र व्यवस्थापनमा चासो नदेखाउँदा अधिकांश पुस्तकालयको अवस्था दयनीय छ । राज्यको सम्पत्तिले खुलेका पुस्तकालयमा सर्वसाधारणको सहज पहुँच पुग्नै मुस्किल छ ।

२०७२ को भूकम्पले ढलेका राजधानीमा रहेका सार्वजनिक पुस्तकालयका संरचना अझै उठ्न सकेका छैनन् । भूकम्पले भत्किँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुराना पत्रिका तथा पुस्तक नष्ट हुने अवस्थामा छन् ।

पुस्तकालयप्रति राज्यको उदासीनताका कारण नाम चलेका अधिकांश पुस्तकालयको अवस्था कमजोर छ । सरकारी पुस्तकालयमा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाह चुस्त छैन । कतिपय पुस्तकालय प्रमुखले सरकारले पुस्तकालयलाई महत्व नदिएको आरोप लगाउँछन् । अन्नपूर्ण पोष्टमा खबर छ ।