Nepali date


शुक्रबार, भदौ ६, २०७६

जापान आपराधिक गतिविधि: क्योटो एनिमेशन स्टुडियोमा आगजनी हुँदा ३३ जनाको मृत्यु

जापान । जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै एक जना मानिस ‘क्योटो एनिमेशन को’ स्टुडियोमा प्रवेश गरेको जनाएका छन्।
प्रहरीले ४१ वर्षीय व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन्।
जापानी प्रसारक एनएचकेका अनुसार केही मानिसहरूको अवस्था अझै पनि अज्ञात छ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उक्त घटनाप्रति खेद व्यक्त गर्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।
उनले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
नाम नखुलाइएका ती व्यक्तिलाई पक्राउ गरिएको छ। घाइते भएकाले उनलाई पनि अस्पताल लगिएको छ।

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहिवार बिहान १०:३० बजे आगो लागेको थियो।
प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटन भएको सुनिएको बताएका छन्।
एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै “अब तिमीहरू मर” भन्ने आशयको टिप्पणी गरेका थिए।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया