सोमबार, बैशाख १४, २०८३

सप्तरीका डुवान पीडितलाई आप्सा नेपालद्वारा राहत वितरण

काठमाडौं । आप्सा नेपाल नामक एक संस्थाले सप्तरीको डुबान प्रभावित तिलाठी कोईलाडी गाउँपालिकालाई सय थान त्रिपालसहितको राहत हस्तान्तरण गरेको छ।

आप्सा नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो गाउँपालिकाका राहत–उद्दार कार्यक्रममा संयोजक अनुराग अनन्तलाई सय थान त्रिपाल र सय कार्टून चाउचाउ हस्तान्तरण गरेको हो।

अनन्तले सो गाउँपालिकामा लगेर सो राहत पीडितलाई हस्तान्तरण गर्ने पनि संस्थाका महासचिव निर्मल भट्टराईले जानकारी दिए।