Nepali date


शनिबार, कार्तिक २, २०७६

रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्दार, ३ जना अभियुक्त पक्राउ

मोरङ । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङ उर्लाबारी
नगरपालिका(४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार
गरेको छ ।

उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका(४ बस्ने ४८
वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका(७ बस्ने ४०
वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने
जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको
हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया