Nepali date


मङ्लबार, भदौ ३, २०७६

प्रथम एनआरएनए जापान र गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने

टोकियो । बिभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउदै आएको एनआरएनए जापानले एक फरक बिषय खेलकुदमा एनआरएनए जापानको सहभागिता संगै “प्रथम एनआरएनए जापान गण्डकी प्रेदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता संगै सो आयोजनाको लागि एनआरएनए जापानले खेलाडिको उत्साह , प्रोत्साहन र क्षमता बृद्घिको लागि सहभागिता हुने छ। खेलले देशको बाहिय मात्र नभएर आन्तरिक पर्यटन बृद्धिको लाई पनि महत्वपुर्ण भुमिका खेल्ने हुदा यसमा एनआरएनए जापानले बडि उत्सुकता देखाएको अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो।

प्रथम एनआरएनए जापान दण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना को लागि मुख्य प्रायोजन संगै जापानबाट रासपले सहजिकरण र आर्थिक ब्यवस्थापनको लागि क्रमश परिषदका उपाध्यक्ष शिव प्रसाद पौडेल, महिला उपाध्यक्ष अनिता गुरुङ ,महासचिव बुद्धि राज घिमिरे, खेलकुद बिभाग प्रमुख लिल गुरुङ, मानार्थ परिषद सदस्य श्री गुरुङ र नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङ समितिमा रहने गरि ६ सदस्यिय समिति गठन गरेको छ ,भने सो समितिले शिव प्रसाद पौडेल लाई संयोजक चयन गरेको महासचिव बुद्घि राज घिमिरे ले जानकारी दिनु भयो।संयोजक पौडेलले परिषदलाई कुनै आर्थिक भार नपर्ने गरि आर्थिक स्रोत जुटाईने वताउनु भयो।

नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङको बिँशेष भुमिका र प्रस्ताव रहेको उक्त भलिवल खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी हरुको सहभागिता रहने छ। पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखरा को आयोजनामा राजकुमार गुरुङले कार्यक्रम संयोजकको ज़िम्मेवारी लिनु भएको सो आयोजना सम्पन्न गर्न करिव २३,१२,८६६ रुपिया लाग्ने छ।
प्रथम पुरस्कार १,११,१११ रुपिया,दोस्रो पुरस्कार ७५,५७५ रुपिया,तेस्रो पुरस्कार ५५,५५५ रुपिया संगै शिल्ड,मेडल र प्रमाण पत्र उपलव्ध गराईने छ भने , सान्तोना पुरस्कार मा २५,५२५ रुपिया रहेको छ। पोखरा रंगशालामा हुने उक्त आयोजना २७ असोज बाट कार्तिक २ गते सम्म हुने नेपाल जापान भलिवल संघ का अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो।

यसै गरि एनआरएनए जापानले नेपाल मा हुने महिला तथा वालवालीका को हिंम्सा बिरुद्ध न्यायिक सहयोगको लागि ५ लाख को स्रोत जुटाई माईति नेपालकी अनुराधा कोईरालाले समन्वय गर्ने गरि कार्य गरिसकेको छ , नेपालका बिभिन्न जिल्लामा गरि ५० जना बिधार्थीको लागि छात्रवृति संगै बारा पर्सामा हावा हुरी बाट प्रवाबित क्षेत्रमा सहयोगको लागि ६ लाख येन आईसिसि मार्फत प्रवाबित क्षेत्रमा सहयोग गरिसकेको छ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया