शनिबार, बैशाख ०८, २०८१

एनआरएनए एशिया प्यासिफिक संयोजकमा पारसमणि पोखरेलको उम्मेद्वॉरी

जापान । एनआरएनए आइसीसीको अधिवेशनको मिति नजिकिदै जादा उमेदवारी घोषणा गर्ने क्रम र्पान शुरु भएको छ ।

उमेदवारी घोषणा संगै उमेदवारहरु प्रचार- प्रसारमा पनि जुटेका छन् । यसै क्रममा एनआरएनए एशिया प्यासिफिकका वर्तमान उप-संयोजक पारस मणि पोखरेलले एशिया प्यासिफिकको संयोजकमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ।

नेपाल छ्दैं सामाजिक क्षेत्रमा क्रियाशिल पोखरेल सन् २००१ मा रोटरीको ग्रुप स्टडी एक्सचेन्ज कार्यक्रम अन्तर्गत नेपाल बाट १जना र भारतबाट ४ जनाको टोलिमा ६ हप्ता जापानको विभिन्न क्षेत्रमा अवलोकन गर्ने अवशर प्राप्त गरेको पोखरेल वताउनु हुन्छ। नेपाल फर्किए पश्चात सामाजिक क्षेत्रमा उहाको क्रियाशिलता रहि रह्यो ।

२००४ मा रोटरी फाउन्डेसनको प्रतिष्ठित छात्रवृति रोटरी एम्बासोडोरिअल स्कलरशिप पाएर जापान पूनः आएका पोखरेल टोक्योको प्रतिष्ठित विश्व बिद्यालय इन्टरनेस्नल क्रिस्चियन युनिभर्सिटीमा आफ्नो अध्ययन पुरा र्गार जापानमा व्यवशायमा प्रवेश गर्नु भएको हो। उहा अहिले जापानको नागोयामा सामिका ग्रुपका अध्यक्ष हुनुहुन्छ ।

जापानमा पनि पोखरेलले आफ्नो अध्ययन र व्यवशाय संगसंगै सामाजिक कार्यलाई पनि निरंतरता दिई रहनु भएको छ। एनआरएनए जापानको पहिलो क्षेत्रिय समिति नागोयामा संस्थापक संयोजक हुदैँ सामाजिक क्षेत्रमा लागेको उहाको स्मरण छ। तत् पश्चात कर्मभूमिमा नेपालीहरुको संख्या वृद्धि संगै धेरै समस्याहरू देखा परेको बताउदै एनआरएनए मार्फत नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ आफु अहिले सम्म यसै अभियानमा लागेको पोखरेलको भनाई छ। २४ बर्ष देखि निरन्तर रोटरी क्लबमा सक्रिय पोखरेल आफ्नो अनुभव एनआरएनमा प्रयोग गर्दै अगाडी बढन सहज भएको अनुभव सुनाउनुहुन्छ ।

पोखरेल एनआरएनए जापानको केन्द्रिय सदस्य , सल्लाहकार , अध्यक्ष अनि आइसीसी सदस्य हुदै हाल एसिया प्यासिफिकका उप संयोजकको जिम्बेवारीमा हुनुहुन्छ ।जापानको नागोयामा पहिलो पटक नेपाल फेस्टिवल पोखरेलको संयोजकत्वमा सफल पश्चात जापानमा सबैको तारिफ पनि पाएका थिए l एनआरएनए जापानको अध्यक्ष हुदा पहिलो पटक अनलाइन सदस्यता , एनआरएनए जापान बाट नेपाल फेस्टिवल गरिनु , नेपालमा गएको महाभूकम्पमा जापान बाट उल्लेखनीय राहत संकलन ,एनआरएन कार्यालय जस्ता महत्वपुर्ण कार्यको थालनी जापानवासी नेपालीले सम्झन योग्य कामहरु हुन् l

गत बर्ष डिसेम्बरमा हंगकंगमा र यो बर्ष जुलाईमा म्यान्मारमा भएको एशिया प्यासिफिक मिटिंगमा आफ्नो छाप छोडेका पोखरेलले २०१८ मा जापानको नागोयामा एसिया प्यासिफिकको आयोजनामा जापानी समुदायलाई लक्षित गर्दै इन्भेस्टमेन्ट सेमिनार भएको थियो l आफुले पाएको जिम्वेवारी आफुले जहिले पनि ईमान्दारीका साथ पुरा गर्ने गरेको बताउँदै अव एनआरएनए एशिया प्यासिफिकको संयोजक बन्ने आधार यहि भएको पोखरेल बताउनु हुन्छ।