हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) हङकङको अध्यक्षमा राधिका गुरूङ (टिका) ले उम्मदेवारी घोषणा गर्नुभएको छ ।
हाल अध्यक्ष रहनु भएको गुरूङले पुन:आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरूङले यसको औपचारिक घोषणा भने मंगलबार गर्दै हुनुहुन्छ । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनए हङकङको सातौ अधिवेशन यही जुलाई २८ तारिखमा हुँदैछ ।
गुरूङले मंगलबार बगैचा पार्टी प्यालेस जोर्डनमा औपचारिक उम्मेदवारी घोषणा गर्दै आफना प्रतिबद्धता सार्वजनीक गर्ने कार्यक्रम रहेको जनाउनुभयो । अध्यक्ष राधिका गुरूङको वर्तमान कार्यकालमा निकै सक्रिय र उदाहरणीय एनसिसी बन्न सफल भएको थियो । महिला नेतृत्व भएर पनि अन्य एनसिसीभन्दा गतिविधीमा सक्रिय रहँदै आएको थियो ।

