सोमबार, बैशाख १४, २०८३

मन्थली बजार क्षेत्रको सडकमा थुप्रीएका गेगर तथा माटो हटाउन नगरपालिका सक्रिय

रामेछाप,कैलाश खत्री । रामेछापको सदरमुकाम मन्थलीमा अविरल बर्षापछि सडकमा जमेको गेगर माटो तथा ढुंगा हटाउँन सुरु गरिएको छ ।

मन्थली स्थित बसपार्कदेखी ट्राफिक चोकसम्म थुप्रीएको गेगरमाटो नगरपालिकाको दुईवटा स्काभेटरले पन्छाउँन सुरु गरिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताए । सडकमा माटो थुप्रीएपछि यातायातको साधनहरु संचालनमा समस्या भैरहेको थियो ।
सडक माथिका खहरेहरुले ल्याएको माटो थुप्रीयर सडक हिलाम्मे हँुदा मन्थली बजार क्षेत्रका व्यवसायीहरु तथा सर्वसाधारणहरुलाई समेत आवतजावत गर्न समस्या भएको थियो । अहिले मन्थली नगरपालिकाले मन्थली बजार क्षेत्र विभिन्न स्थानमा भत्कीएका सडक मर्मत सहित कालोपत्रे गर्ने योजनाका साथ काम गरिरहेको छ ।
सडक भद्रगोल बनाएर सडक डिभिजन कार्यालयले काममा व्यवस्था गरेपछि मन्थली नगरपालिका आफैले असार २७ गतेबाट सडक मर्मत तथा कालोपत्रेको काम सुरु गर्ने बताइएको थियो । तर असार २७ गतेबाटै अविरल बर्षा भएपछि काम हँुन नसक्दा मन्थली बजार क्षेत्रको सडक झनै भद्रगोल बनेको छ ।