बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ओली सल्लाकार र मन्त्रीहरु व्यापक हेरफेर गर्ने तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रीहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको सोचमा पुगेका हुन् ।

कर्मचारीतन्त्रले असहयोग गर्यो भन्दै बालुवाटारसम्म मन्त्रीहरुको गुनासो मात्र पुग्ने गरेबाट ओली र उनका निकटस्थहरु असन्तुष्ट बनेका छन् । काममा भन्दा प्रचारमा अधिकांश मन्त्रीहरु सक्रिय रहेको जानकारी ओलीसम्म पुगिरहेको छ ।

आर्थिक वर्षको अन्त कुरेर बसेका ओलीले साउन लाग्नवित्तिकै आश्चर्यजनक तरिकाले मन्त्रीहरुमा हेरफेर गर्ने तयारी गरेको स्रोतले बताएको छ । मन्त्रिमण्डल हेरफेरका लागि आन्तरिक तयारी समेत थालिएको छ ।

प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डलमा हेरफेर गर्न दबाब बढिरहँदा उनले आन्तरिक व्यवस्थापन गर्न सकेका छैनन् । तरकारी परीक्षणको विषयमा मन्त्री देखि सरकार समेतलाई गुमराहमा राख्ने गतिविधिलाई ओलीले गम्भीतराका साथ लिएका छन् । त्यसको गहिरो छानविन भित्री रुपमा गरिरहेका छन् ।

ओलीको सल्लाकार मध्येबाट पनि हेरफेर गर्ने तयारी गरेको बुझिएको छ ।