Nepali date


शनिबार, अशोज ४, २०७६

प्रभु बैंकले पाँच देशमा सञ्जाल विस्तार गरि सेवा प्रारम्भ गर्ने

काठमाडौं । प्रभु बैंकले पाँच मुलुकमा आफ्नो सम्पर्क प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।

बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा कार्यालय सञ्चालन गर्न लागेको हो ।यसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया