बिहिबार, बैशाख ०६, २०८१

वायुसेवा निगममा मदन खरेलको कार्यक्षमता कम्जोर देखिएपछि विकल्प खोज्दै

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको कार्यक्षमता कम्जोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विकल्प खोज्न थालेको बताइएको छ ।

निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारलाई विस्थापित गर्न ल्याइएका खरेलको कार्यसम्पादन प्रति प्रधानमन्त्री ओली पछिल्लो समय असन्तुष्ट बन्दै गएको देखिन्छ ।
पूर्वयोजनाअनुसार काम नगरेपछि प्रधानमन्त्री ओली खरेलको विकल्प खोज्नुपर्ने मनस्थितिमा पुगेको स्रोतको दावी छ ।
वायुसेवा निगमको दुवई,जापान लगाएत देशमा उडान चर्ने ,आर्थिक् हिनामिना लगाएतको आरोप र कामकार्वाही कम्जोर देखिए विकल्प खोज्न थालेको स्रोतको दावि छ ।