Nepali date


शनिबार, अशोज ४, २०७६

समाजवाद उन्मुख संविधानअनुकूल संघीय शिक्षानीति चाँडै पारित : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल संघीय शिक्षानीति चाँडै पारित हुने बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको ३१ औं वार्षिकसभाको अध्यक्षता गर्दै उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्मा विचारधीन रहेकाले पारित भएपछि नयाँ शिक्षा नीति कार्यान्वयनमा आउने जानकारी गराएका हुन् ।

शिक्षा आयोगले गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो प्रतिवेदन बुझाएको थियो । मन्त्री पोखरेलले युनेस्कोका आदर्श र उद्देश्य परिपूर्तिका लागि कर्मकाण्डी नभई प्रभावशाली रूपमा काम गर्न समृद्ध पदाधिकारी तथा सदस्यलाई निर्देशन दिए ।
मन्त्रालयका सचिव एवं युनेस्को आयोगका महासचिव खगराज बरालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विश्व सम्पदा सूचीमा रहेका सम्पदाको संरक्षणका साथै शैक्षिक र सांस्कृतिक विकासका लागि प्रदेश तथा स्थानीय तहसम्म समन्वय गरेर प्रभावकारी काम गर्ने भावी कार्यक्रम प्रस्ताव गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया