शुक्रबार, बैशाख ०७, २०८१

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो,वेपत्ताको खोजी जारी

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

शनिबार साँझसम्म अविरल वर्षाको कारण ललितपुरमा ५ जना, भोजपुरमा ४ जना,काठमाडौं,मकवानपुर,खोटाङ र काभ्रेमा ३-३ जना, धादिङ र सिन्धुलीमा २र२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा,रामेछाप,ईलाम,झापा,सुनसरी,बारा र चितवनमा एकएक गरी ३४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एकएक जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ,रामेछाप,धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
सेना, प्रहरी र सशस्त्र प्रहरी डुवानबाट प्रभावित स्थानहरुमा क्षति न्यूनीकरण र उद्दारमा खटिएका छन् । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना प्रहरी खटिएका छन् । देशभरमा २७ हजार ३ सय ८० जना प्रहरी उद्धारमा खटिएका छन् ।

डुवान प्रभावित क्षेत्रमा रहेका महोत्तरीका ५ सय जना र रौतहटमा २ सय जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका बाटोहरू पनि सुचारु गराएको छ भने केहि ठाउँमा अवरोध कायमै रहेको छ ।