काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रिक्त नेतृत्वका लागि दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद पार्वत गुरुङले बाजी मार्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालविच दोलखाका सांसद गुरुङलाई संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भिज्ञि सहमति भएको जनाएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यक्त मन्त्रालयको नेतृत्व खाली भएको हो ।
दुई नेतृत्वविच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा कसलाई पठाउने भन्नेमा केही फरक मत भएपनि अन्नतः गुरुङलाई नै अवसर दिने सहमति भएको स्रोतको दाबी छ । पार्वत गुरुङ प्रतिनिधि सभा निर्वाचनमा सवैभन्दा बढि मत ल्याएर निर्वाचित हुने नेकपाका सांसद हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराई मुख्य दावी गर्दै आएका थिए । उनी पर्यटकीय जिल्ला दोलखाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् ।
केही समयअघि अधिकारी सवार एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङ्गको पाथिभरा दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री अधिकारीका साथै यति एयरका सञ्चालक आङछिरिङ शेर्पा क्याप्टेन प्रभाकर केसी लगाएतको निधन भएको थियो ।
दुई नेतृत्वविच तत्काल मन्त्रीमण्डल फेरबदल नगर्ने सहमति समेत भएको छ ।

