बिहिबार, बैशाख १३, २०८१

बर्षाको कारण अवरुद्ध मन्थली–खुकोट सडक नखुलेपछि यात्रुहरु अलपत्र

रामेछाप,पुष्कर खड्का ।
रामेछापबाट राजधानी काठमाडौँ जाने प्रमुख नाका मन्थली–खुर्कोट सडक अवरुद्ध भएको छ ।
गएरातीदेखि नै ठाउँठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेल जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले स्काभेटर र जोडर लगाएर पहिरो हटाउने काम भइरहेको छ ।
जसको कारण आज बिहानदेखि नै राजधानी आउने जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार खुर्कोट पुल नजिकै खसेको पहिरो पन्छाउने काम भईरहेको छ ।

सडक अबद्ध हुँदा राजधानी आउने जाने सवारी साधन यात्रुहरु विचबाटामै अलपत्रमा परेका छन ।