Nepali date


बिहिबार, मंसिर २६, २०७६

जापानमा निधन भएका घर्तीको परिवारलाई मगर संघको १ लाख ८ हजार सहयोग

टोकियो । नेपाल मगर संघ जापानले हृदयघातका
कारण निधन भएका भविलाल घर्तीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
मृतक घर्तीको परिवारलाई नेपाल मगर संघ जापानले एक लाख आठ हजार सहयोग गरेको हो
आर्थिक संकलन संयोजक ओम थापा मगर र अध्यक्ष नवीन थापा मगरद्वारा रकम हस्तान्तरण गरीएको नेपाल मगर संघ जापानकी कोषाध्यक्ष सुनिता थापा मगरले जानकारी दिनुभयो ।
बाग्लुङ जिल्ला गल्कोटका घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको थियो ।
तीन बर्षअघि मात्र रोजगारीको निम्ति जापान आएका घर्तीको जापानको साईतामा केनमा निधन भएको थियो ।
गत शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै बेहोस भएर लड़े लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको थियो ।
मृतक घर्तीको श्रीमति र एक छोरा छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया