Nepali date


शुक्रबार, साउन ३, २०७६

आरक्षण बचाऔ भन्दै जनजाति महासंघको विशाल जनप्रदर्शनसहित नेपाल बन्द

काठमाडौँ । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने भएको छ ।

संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्म विपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संविधानप्रदत्त आरक्षण सुनिश्चित गरेको व्यवस्था पालना गर्दै आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर्न दबाब दिने उदेश्यले नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको जानकारी गराउदै आदिवासी/मुलबासी/जनजातिहरुले “लोकसेवा विरुद्ध आदिवासी जनजातिको “विशाल जनप्रदर्शन प्रदर्शन” सम्पन्न हुने आयोजकले बताएको छ ।

महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरु :-

२०७६ असार २८ गते- प्रचार-प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते- साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते- साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते- उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
२०७६ साउन २ र १० गते- नेपाल बन्द ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया