सोमबार, बैशाख १४, २०८३

‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री : काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री भन्दै प्रश्न गरेका छन् ।

बिहिबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले काँग्रेसलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न भनेपछि प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मन्त्री बास्कोटाले भने, ‘काँग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ? हिंसाबारे काँग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?
यता काँग्रेस प्रवक्ता शर्माल भने, ‘प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ उनै प्रधानमन्त्रीका ‘फोटोकपी’ मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिँड्नु उचित हुन्न् । भनाइ छ– हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न् !

स्टालिनको तस्वीर पार्टी कार्यालयमा राख्नेहरुले काँग्रेसलाई लोकतन्त्रको परिभाषा र संस्कार सिकाउनुको के अर्थ भन्दै प्रश्न गरे । उनले भने, ‘जसले पार्टी कार्यालयमा स्टालिनको तस्वीर झुण्ड्याएर राख्नछन् उनीहरुले हामीलाई लोकतन्त्रको परिभाषा र संस्कार के सिकाउ छन् ?जसको दर्शन नै हिंसालाई बढवा दिन्छ र बलप्रयोग गरेर राज्यसत्ता हासिल भन्छ । उसले हामीलाई शान्तिको परिभाषा दिनुको के अर्थ हुन्छ ?

उनले मन्त्री बास्कोटाको अभिव्यक्ति प्रतिक्रिया जनाउने खालको पनि नरहेको तर्क गरे । उनले भने,‘काँग्रेसका तर्फबाट मन्त्रीलाई जवाफ भनेर आउँदैन । प्रधानमन्त्री ज्यूलाई नै भन्छौँ, ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?