कञ्चनपुर । शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनी रहेका छन् ।
कक्षा ९ मा अध्ययनरत उनको गएराति उपचारका क्रममा भारतको रामवर्ती अस्पतालमा मृत्यु भएको हो । कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिनुका साथै टाउको र छातीमासमेत गहिरो चोट लागेको थियो ।
बालकको मृत्युपछि प्रहरीेले कुटपिटमा संलग्न भएको अभियोगमा विद्यालयका चार शिक्षकलाई मंगलबार बिहान पक्राउ गरेको छ । विद्यालय बाहिर साथीभाईसँग झगडा गरेको विषयलाई लिएर शिक्षकहरुले उनीमाथि कुटपिट गरेका थिए ।

