शुक्रबार, बैशाख १४, २०८१

सिन्धुलीको चयनपुरमा कार र हायस ठोक्किए,१० यात्रु घाइते

रामेछाप,पुष्कर खड्का । सिन्धुलीको सुनकोशी गाउपालिका –६ चयनपुरमा बुधवार विहान कार,सुमो र हायस एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा १० जना यात्रु घाईते भएका छन् ।
घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । काठमाडौंबाट सिन्धुली तर्फ आउदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । सिन्धुलीबाट काठमाडौं तर्फ जार्दै गरेको ना १ ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जादै गरेको कारले ओभरटेक गर्दा काठमाडौँबाट सिन्धुलीको खुर्कोट तर्फ आउदै गरेको हायससँग ठक्कर खाई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका इन्सपेक्टर विरेन्द्र घिमिरेले जानकारी दिए ।इन्सपेक्टर घिमिरेका अनुसार दुर्घटनामा हायसमा सवार ९ जना यात्रु र कारका चालक घाईतेका भएका छन् । घाईते सवैको सुनकोशी ६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको बताईएको छ । बुधवार विहानै सुनकोशी गाउपालिका ३ गणेशस्थान नजिकै बस र हायस पनि एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । त्यो दुर्घटनामा भने सवारी साधनमा केहि क्षति पुगेपनि मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय रातमाटाले जनाएको छ ।