सोमबार, बैशाख १४, २०८३

विप्लव समूह र प्रहरीबीच भोजपुरमा गोली हानाहान,केही प्रहरीको हताहती भएको आशंका

भोजपुर । भोजपुर सदरमुकामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा केही प्रहरीको हताहत भएको आशंका गरिएको छ ।

भिडन्तमा एक प्रहरी र एकजना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ ।
भिडन्तमा विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए । उनको साथबाट एक थान चाइनिज पेस्तोल र गोली बरामद गरेको छ ।

विप्लव समूहका कार्यकर्ताको गोली लागी प्रहरी जवान सन्दीप राईको मृत्यु भएको स्रोतले बतायो । हटिया क्षेत्रमा गएको प्रहरीलाई लुकेर बसेका विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । विप्लव कार्यकर्ताको गोली प्रहारबाट प्रहरी घाइते भएपछि प्रहरीले फायर खोलेका थिए ।

दुवैजनाको शव जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।

स्थानीयले दुई प्रहरी जवान गोली लागेर बेहोस् भएको र एक गम्भीर घाइते रहेको बताएका छन् । प्रहरीले भने यो विषयमा केही जानकारी दिएको छैन ।
स्थानीयले प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएको बताए ।