Nepali date


मङ्लबार, कार्तिक ५, २०७६

प्रभु समूहले नेपालमा मोबाइलमै टेलिभिजन हेर्ने सेवा सुरु

काठमाडौं । प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने सेवा सुरु गरेको छ ।
टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा सुरु गरेको छ ।

प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाउने छन् । यसका लागि प्रभु समूहले हाल मोबाइल एप्लिकेसनमार्फत् मोबाइल सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको छ । नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको एप्लिकेसन डाउनलोड पहिलेको सेवा निर्वाध प्रयोग गर्न पाउनेछन् ।

मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिनेछ साथै निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट सेल मोवाईल सेवाबाट समेत भुक्तानी गरी सेवा प्राप्त गर्न सकिनेछ ।

साथै, प्रभु टीभीले आगामी दिनमा इन्टरनेटमार्फत् टीभी बितरण सेवासमेत आरम्भ गर्ने तयारी गरिरहेको छ । आइपी टीभी सेवा सुरु भएपछि ग्राहकले टीभी सेट, मोबाइल तथा ल्यापटमा समेत टीभी हेर्न पाउनेछन् भने एउटै केवलमार्फत् टीभीसँगै इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन् ।

सुरुवातमा प्रभु टिभिले काठमाण्डौ उपत्यका, चितवन र पोखरा लगायतका स्थानहरुमा आफ्नो सेवा प्रदान गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया