शुक्रबार, बैशाख ०७, २०८१

इटहरीका प्रमुख द्वारिकलाल चौधरीले लगाए आफ्नै घरमा डोजर

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउन्ड वाल भत्काएका छन् ।

वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि मेयर चौधरीले आज आफैँ उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन् ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए । उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन् ।