सोमबार, बैशाख १४, २०८३

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीमाथि प्रहरीद्वारा कुटपिट,अवस्था गम्भीर

सिन्धुली ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की राजनलाई प्रहरीले निर्घात कुटपिट गएको छ ।

भट्टीमा मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्ने खोजेको भन्दै प्रहरीले कुटपिट गरेको हाे । प्रहरीकाे कुटाइबाट कार्की गम्भीर घाइते हुनुभएको छ ।सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइते कार्कीलाई काठमाडौं रिफर गरिएकाे छ ।
स्थानीयद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् ।
तस्वीर: जनतासमाचार