बिहिबार, बैशाख १३, २०८१

रामेछाप नगरपालिकामा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदै

रामेछाप,पुष्कर खड्का ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७५ ,७६ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार हुन लागेको प्रतियोगिता यहि असार २५ गतेदेखि सुरु हुने रामेछाप नगरपालिकाका खेल संयोजक रुकुम हायुले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने टिमले क्रमश ३ लाख , २ लाख र १ लाखको साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्धघाटन असार २५ गते विहान ७ बजे रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले गर्नुहुनेछ । खेल रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित टुँडिखेल मैदानमा हुने बताइएको छ ।