Nepali date


मङ्लबार, कार्तिक ५, २०७६

बाबुराम लगाएत पूर्व सहकर्मीलाई एकतामा आउन प्रचण्डको आग्रह

काठमाडौं । नेपालब कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् ।

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास घातक भएको बताए । शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि जनाए ।

कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । उनले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी -बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उनको दाबी छ ।

उनले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । नेताहरुले सम्मान दिन तयार रहेको भन्दै उनले भने, ‘एकता प्रक्रियामा आउन आग्रह गरेका हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया