शुक्रबार, बैशाख ०७, २०८१

तीन महिनाभित्र सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिने सरकारको तयारी

काठमाडौं । सरकारले तीन महिनाभित्र सबै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स (स्मार्ट सवारी चालक अनुमति पत्र) दिने दाबी गरेको छ ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले तीन महिनाभित्र सबै सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउने गरी काम अघि बढेको बताए ।

महानिर्देशक दाहालका अनुसार हाल करिब सात लाख सेवाग्राही पेपरकार्ड (ड्राइभिङ लाइसेन्सका लागि राजस्व तिरेको बिल/रसिद) बोकेर हिँडिरहेका छन् ।
‘विगत ८ महिनादेखि मेसिन बिग्रेर लाइसेन्स छाप्न नसक्दा सेवाग्राहीहरुलाई ठूलो मर्का परेको छ र हामीले पनि समयमै स्मार्ट कार्ड दिन नसकेकै हो’ महानिर्देशक दाहालले भने ।

उनले अबको २०/२५ दिनभित्र चार लाख स्मार्ट कार्डहरु नेपाल आइपुग्ने पनि बताएका छन् । ‘अबको २०/२५ दिन भित्र चार लाख स्मार्ट कार्डहरु आइपुग्छन् । १५० दिन भित्र ६ लाख कार्डहरु आउँछन् ।