शुक्रबार, बैशाख ०७, २०८१

रामेछापमा कांग्रेसमा ५२ जना आमन्त्रित सदस्य थपिए

रामेछाप,पुष्कर खड्का ।
रामेछापमा नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले ५२ जना आमन्त्रित सदस्यहरुलाई मनोनित गर्ने निर्णय गरेको छ । जिल्ला कार्य समिति बैठकले विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई समेत समावेश गरेर आमन्त्रित सदस्य थप्ने निर्णय गरेको हो ।
रामेछाप जिल्लाका पूर्व पदाधिकाहरु, पार्टीको तर्फबाट स्थानीय निर्वाचनका प्रत्यासी तथा निर्वाचित प्रतिनिधिहरु भातृ संस्थाका पूर्वपदाधिकारी, पार्टीमा महत्वपूर्ण योगदान गर्नेलाई पार्टीको विधान २०१७ (परिमार्जन र संशोधन) बमोजिम जिल्ला कार्यसमिति रामेछापको आमन्त्रित सदस्यमा पदमा मनोनित गरिएको छ ।