शुक्रबार, चैत १६, २०८०

नेफिन जापानले विश्व आदिवासी दिवस विविध सांस्कृतिक कार्यक्रम गरि मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले २५ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने भएको छ ।

विश्व आदिवासी दिवस हरेक बर्षको ९ अगस्टका दिन विश्वभर धुमधामका साथ मनाइने गरिन्छ। प्रवासमा रहेकाले समयानुकुल मनाउने हुँदा ११ अगस्ट आईतवारका दिन टोकियोमा २५ औं विश्व आदिवासी दिवस विबिध सांस्कृतिक कार्यक्रम गरी भब्यतापूर्वक मनाउने निर्णय भएको नेफिनका अध्यक्ष टेक बहादुर(सुमन)लिम्वूले जानकारी दिनुभयो ।
उक्त दिन जातीय संस्कृति झल्किने झाँकी,जातीय मौलिक सांस्कृतिक नाच तथा विविध कार्यक्रमका साथ विश्व आदिवासी दिवस मनाउने हुँदा महासंघसंग आवद्ध संघसंस्थाहरुले आ-आफ्नो तर्फबाट त्यसको तयारीमा जुट्न हार्दिक अनुरोध समेत गरेको छ ।

उक्त दिवसको आयोजक नेफिन जापान रहनेछ भने नेफिन जापानसंग आवद्ध अन्य जातीय संघ संस्थाहरु सह-आयोजक रहनेछ । २५ औं विश्व आदिवासी दिवसको ब्यबस्थापनका लागि नेफिन जापानका उपाध्यक्ष पेम्बा शेर्पालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

यसबारे केहि दिनमा नै पत्राचार गरी जानकारी गराउने बताईएको छ।