सोमबार, बैशाख १४, २०८३

भाटभटेनीका मालिक गुरूङसहित तीन भूमाफियाको सम्पत्ति छानबिन हुने

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा अरू दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।

बालुवाटारस्थित ललिता निवासले चर्चेको करिव १ सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो ।

विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपर मार्केटको जग्गा–जमिनसहितको लगानीलाई पनि छानबिन हुने भएको छ ।