Nepali date


शुक्रबार, साउन ३, २०७६

स्वीस बैंकमा पैसा राख्ने मामिलामा बेलायती सबैभन्दा अगाडि

स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डको बैंकमा पैसा राख्ने मामिलामा बेलायती सबैभन्दा अगाडि देखिएका छन् । स्वीस नेशनल बैंक (एसएनबी)को प्रतिवेदनअनुसार सन् २०१८ मा बैंकको कूल जम्मा भएको रकममा २६ प्रतिशत हिस्सा बेलायती व्यापारीको थियो ।

स्वीस बैंकमा पैसा राख्ने शीर्ष पाँच मुलुकमा अमेरिका पनि रहेको छ । त्यसपछि वेस्टइन्डिज, फ्रान्स र हङकङका नागरिकको पनि बैंकमा पैसा जम्मा गर्नेको सूचीमा अग्रस्थानमा नाम छ । यी पाँच मुलुकका नागरिकको बैंकको कुल जम्मामा ५० प्रतिशतभन्दा बढीको हिस्सा छ । शीर्ष १० मुलुकका नागरिकको जम्मा भएको रकम कुल जम्माको दुई तिहाई छ भने शीर्ष १५ मुलुकका नागरिकको बचतले ७५ प्रतिशतको हिस्सा ओगटेको छ । शीर्ष १० मुलुकमा बहामास, जर्मनी, लक्जेम्वर्ग, केम्यान आइल्याण्ड र सिंगापुर सामेल छन् ।

नेपाल यो सूचीको १०९ औं स्थानमा छ । अन्य दक्षिण एसियाली मुलुकमा भारत ७४, पाकिस्तान ८२, बंगलादेश ८९, श्रीलंका १४१, म्यानमार १८७ र भुटान १९३ स्थानमा छन् ।

यो सूचीमा अर्को मुलुकमा रहेको कम्पनीको नाममा पैसा जम्मा गर्ने व्यक्तिको गणना उसको वास्तविक मुलुकबाट गरिएको हुँदैन । कालोधन लुकाउन व्यापारीहरुले स्वीस बैंकमा पैसा जम्मा गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

स्वीस नेसनल बैंक स्वीट्जरल्याण्डको राष्ट्रिय बैंक हो।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया