सोमबार, बैशाख १४, २०८३

रामेछापको खाँडादेवीमा टाटासुमो दुर्घटना,१० जना घाइते

रामेछाप,पुष्कर खड्का ।
रामेछापको खाँडादेवी गाउँपालिकामा टाटासुमो दुर्घटना भएको छ । टाटासुमो गाडी दुर्घटना हुँदा दस जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।
आज दिउसो न १ ज ६४४१ टाटासुमा खाँडादेवी गाउँपालिकामा दुर्घटना हुँदा नेकपाका नेता ध्यान बहादुर तामाङ सहित दस जना घाइते भएको छन।
खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताए । उनका अनुसार गम्भीर घाइतलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
घाइते हुनेहरुमा पवित्रादेवी थापामगर,पदम कुमारी थापामागर, चन्द्र बहादुर पाठक, रमा तामाङ, श्याम पहरी, मनिम बहादुर पहरी
अनिसा योञ्जन, सिताराम आचार्य,ध्यान बहादुर तामाङ र चालक गोपी रायमाझी रहेका छन् । टोकरपुरकी पदम कुमारी थापामगर र सुनुवारपानीका सिताराम आचार्यको अवस्था भने गम्भीर रहेको छ । गाडी सडकबाट करिब ३० मिटर तल पुगेको थियो ।