Nepali date


मङ्लबार, कार्तिक ५, २०७६

विपी प्रतिष्ठानका पदाधिकारी र विद्यार्थीबीच सहमति,ताला तोडियो

धरान । विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा केहिदिन अघिदेखि जारी आन्दोलन टुंगिएको छ ।
यसै शैक्षिक सत्रबाट विशेषज्ञ चिकित्सा पढाइमा नेपाली विद्यार्थीका लागि थप ३ बटा कोटा बढाउने सहमत भएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटि र प्रतिष्ठान पदाधिकारीबीच सहमती भएको हो । शनिवार र आइतवार भएको पटक पटकको वार्तापछि प्रतिष्ठान पदाधिकारीहरु इन्टरनल मेडिसिन, पेडियाट्रक र सर्जरीमा १/१ सिट नेपाली विद्यार्थीको लागि बढाउन तयार भएका हुन् । प्रतिष्ठानसँगको बार्ता सफल भएसँगै चार दिनदेखि उपकुलपति कक्षमा लागेको ताला पनि खोलिएको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले जानकारी दिए ।
पदाधकारीहरुसँगको सहमतिपछि सोसाइटीले निकालेको विज्ञप्तीमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया