सोमबार, बैशाख १४, २०८३

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अव २१ घण्टा खुल्ने

काठमाडौं । नेपालको एक मात्र एर्पोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ ।
धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न गत १८ चैतदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो ।
विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण करीव २० प्रतिशतले कटौती भएको थियो ।

आन्तरिक उडानतर्फ लुक्ला उडान रामेछाप सारिएको थियो । वायुसेवा कम्पनीलाई क्षेत्रीय विमानस्थलमै रात्री विसानमार्फत उडान व्यवस्थापन गरिएको थियो ।
सोमबारबाट २१ घण्टा सञ्चालन गर्ने गरी तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । ‘अहिले धावनमार्गको काम करीब सकिएको छ’, उनले भने, ‘अब ट्याक्सी वे र अन्य काम भने वर्षाको समय सकिएपछि मात्र सुरु हुने बताएका छन् ।