सर्लाही । सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो ।
खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
अराजक भिड प्रहरीमाथि आक्रमण आक्रमण गरेपछि प्रहरीकै ज्यान जाने अवस्था आयो, त्यसपछि बाध्य भएर गोली चलाइएको हो’उनले भने सम्झाई बुझाई गर्ने, अश्रुग्यास हान्ने, हवाई फायर गर्ने सबै उपाय अपनाउँदा पनि भीड शान्त नभएपछि गोली चलाएको उनको भनाइ छ ।
एसपी भट्टराईका अनुसार प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी घाइते भएका छन् ।

