सोमबार, बैशाख १४, २०८३

रामेछापको दुरागाउँमा बोलेरो दुर्घटना एक जनाको मृत्यु,वडाध्यक्ष गम्भीर घाइते

रामेछाप,पुष्कर खड्का ।
रामेछापको दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुरागाउँका वडा अध्यक्ष निङ्ममार तामाङ गम्भीर घाइते भएका छन्।
लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ मावि स्कुलबाट २०० मिटर अगाडि (साबिकको वडा नं ८ तेर्सेमा शनिबार बिहान दुरागाउँबाट साब्रा जाने क्रममा ना ४ च ६२०५ नं को बोलेरो जीप दुर्घटना भएको वडा नं.२ का वड अध्यक्षले पदम तामाङले जानकारी दिनुभयो ।
उनका अनुसार दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ भने वडाध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते भएका छन‍्।

प्रत्यक्षदर्शी तामाङका अनुसार घुम्तिनिर दुर्घटना हुन लागेको संकेत पाएपछि वडाध्यक्ष र चालक दायाँबाँया साइडमा हाम फालेका थिए । बोलेरोले चालक झरेसाइडमा खसेपछि उनलाई किचेको स्थानीयले बताएका छन् । दुर्घटना गाडी चालक तामाङको आफ्नै हो भने गाडी उनले नै चलाएका थिए ।
घाइते वडा अध्यक्ष तामाङलाई उपचारको लागि मन्थली ल्याउदै गरेको जानकारी आएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ।