शनिबार, बैशाख ०८, २०८१

प्रविधिको युगमा घाँसबाट बनेको ६ सय वर्ष पुरानो,प्रत्येक वर्ष परिवर्तन हुने

एजेन्सी । अहिलेको आधुनिक विश्वमा नयाँ–नयाँ प्रविधिको प्रयोगबाट नदी, समुद्रमाथि निकै आकर्षक पुलहरु बनिरहेका छन्। तर पेरुको एउटा यस्तो ठाँउ छ जहाँ भने आधुनिक प्रविधिले पटक्कै छाएको छैन।

हो, पेरुको कुस्को इलाकास्थित अपुरिमैक नदीमा एउटा यस्तो पुल छ जसको प्रत्येक वर्ष मर्मत हुन्छ र पुरानो पुल विस्थापित गरी नयाँ पुल हालिन्छ। अचम्मको कुरा के छ भने उक्त पुल घाँसबाट बनेको डोरीबाट बनाइन्छ।

बीबीसीमा उल्लेख गरिएअनुसार उक्त पुललाई इंका रोप ब्रिजको नामबाट परिचित छ। मोटो डोरीको सहारामा हावामा झुण्डिएको यस पुललाई हातबाट बुनेको डोरीबाट बनाइएको हो। जुन ६ सय वर्षदेखि प्रयोग हुँदै आएको छ।

यूनेस्कोले यस पुललाई सन् २०१३मा विश्व सम्पदाको रुपमा समेत घोषणा गरिसकेको छ। प्रत्येक वर्ष पुरानो पुलको सट्टा नयाँ पुल हाल्ने परम्परा वर्षौदेखि नै कायम रहीआएको छ। बीबीसी