Nepali date


शुक्रबार, साउन ३, २०७६

सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी विधेयक अमेरिकाद्धारा पारित

न्युयोर्क । रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ ।

सिनेटले अमेरिका प्रवेश गर्न चाहने शरणार्थीका कारण सीमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका लागि आर्थिक सहायता सम्बन्धी विधेयक पारित गरेको हो ।

अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको फोटोले विश्वभर चर्चा पाएसँगै रिपब्लिकनको बहुमत रहेको सिनेटले विधेयक पारित गरेको हो ।

यसअघि डेकोक्रेटिकहरुको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभले पनि अमेरिकी आप्रवासी संस्थाहरुलाइ दिने भनिएको सहायता सम्बन्धी विधेयक अस्वीकृत गरेको थियो ।शरणार्थी बाबुछोरीको मृत्युको घटनापछि दुबै सदनका विधायकहरु विधेयकमा पुनर्विचार गर्न दबावमा परेका छन् ।

आप्रवासीको मृत्यु, बन्दीहरुको खराब अवस्था र बन्दी केन्द्रमा राखिएका बालबालिकाको जोखिमपूर्ण अवस्थाले आप्रवासीप्रति लिइदै आएको अमेरिकी नीतिबारेको बहसलाई बढाएको बीबीसीले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया