टोकियो । आगामी जुन ३० तारिख आइतवार हुने स्याङ्जा समाज जापानको सम्मर वार्वेक्यूको तयारी पुरा भएको छ ।
समाजले राहत कोष संकलन गर्नको लागि आयोजना गरेको सम्मर वार्वेक्यूको तयारी पुरा भएको हो ।
यस वार्वेक्यूलाई गत बर्ष जस्तै यस वर्ष पनि निरन्तरता दिदै आएको समाजका सचिव चित्र गुरुङले जानकारी दिनु भयो ।
नेरिमा कु स्थित हिकारी गाओका नारिमासमा गरिने यस पिकनिकमा प्रती व्यक्ती ३००० जापानी येन राखिएको छ भने जोडी आगन्तुकलाई ५००० येन तोकिएको जनाएको छ ।
सम्मर वार्वेक्यूमा जापानबासी नेपालीहरुलाई स्याङ्ग्जा समाज जापानका अध्यक्ष सागर भण्डारीले हार्दिक आमन्त्रणा गर्नु भएको छ ।
सम्मर वार्वेक्य”कार्यक्रम हुने स्थान:-
4 choume-1-1 Hikarigaoka,Nerima city
Tokyo-to 179-0072
Narimasu station,Higarigaoka station

