सोमबार, बैशाख १४, २०८३

रामेछाप लिखु तामाकोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन

रामेछाप,पुष्कर खड्का ।
रामेछाप जिल्ला लिखु तामाकोशी गाउपालिकाको आव २०७६/७७ को लागि कुल बजेट रू ४८,११,४६,३३६.६० विनियोजन गरिएको छ । झट्टेश्वर मा.वि धोबि स्कुलको हलमा आयोजित पाचौ गाउँसभामार्फत आव २०७६/७७ को लागि बजेट विनियोजन गर्दै आफ्नो निति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पूर्व माननिय लक्ष्मी गुरुङले यस वर्षको लिखु तामाकोशी गाउँपालिकाको यस वर्षको नीति तथा कार्यक्रम असाध्यै राम्रो भएको बताए । त्यस्तै उनले अझै पनि समेट्नुपर्ने र केही छुटेका मौलिक हकका केही कुरा, श्रोत र व्यवस्थापनका पक्षलाई पनि समेट्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका स्थानीय नेता रामकुमार खड्काले नेकपा असफल भएको भोलिपल्ट नै नेपाली कांग्रेस सत्तामा आउने दावी गरे । नेकपाका जिल्ला कमिटी सदस्य गोपालराज तामाङले नेपाली कांग्रेस लगायत विपक्षी दलहरुलाई सरकारमा आउन आह्वान गरे । गाउपालिकाको विषयगत सल्लाहकार मुकुन्द कडरियाले स्थानीय तहले अब उत्पादन र आर्थिक विकासमा ध्यान दिनुपर्ने वताए । त्यस्तै नेकपाको अर्का नेता हेमन्त पौडेल ‘निकास’ ले कसैलाई पनि पार्टीगत रुपमा विनाआधार भ्रष्टाचारको आरोप लगाउन नमिल्ने भन्दै यसअघि कुनै सरकारले भ्रष्टाचारी विरुद्ध काम गर्न नसकेकोमा नेकपाको सरकारले त्यो गर्न सकेकोमा खुशी व्यक्त गरे ।

लिखु तामाकोशी गाउपालिकाको लागि संघिय सरकारबाट २८,५६,००,०००,प्रदेश नं.३ सरकारबाट १,११,८७,०००, प्रदेश नं. ३ कै सरकारकै राजश्व बाँडफाँडबाट१,३८,५९,३३६्र६० आन्तरिक आय श्रोतबाट ५०,००,००० (अनुमानित), सामाजिक सुरक्षा वापत ७, ५०, ००, ०००, संघिय सरकारबाट राजश्व बाँडफाँडबाट ८, ००, ००, ००० अन्य संस्थाबाट प्राप्त १, ००, ००, ००० गरी जम्मा रू ४८,११,४६,३३६.६०अक्षेरमा-अठ्चालिस करोड एघार लाख छ्यालीस हजार तीन सय छत्तीस रुपैया साठी पैसा) बराबरको बजेट बाँडफाँड हुने भएको छ गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काको सभापतित्वमा सम्पन्न गाउँसभालाई लिखु तामाकोशी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले स्वागत गरेका थिए भने उपाध्यक्ष दिपशिखा दाहाल न्यौपानेले आ व २०७६/७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । न्यौपानेले विगतमा लिएको उज्यालो लिखुको नीति सम्पन्न भैसकेको र अब एक घर एक धाराको सम्भाव्यता अध्ययन गरी डिपीआर तयार गर्ने काम भइरहेको बताए कार्यक्रममा नेकपा, नेपाली कांग्रेस लगायतका जिल्ला तथा गाउँपालिका स्तरका नेताहरु, वडाध्यक्षहरू, कार्यपालिका सदस्य,गाउँसभाको सदसहरू,गाउँपालिका भित्र कार्यरत राष्ट्रसेवक कर्मचारी र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।