Nepali date


मङ्लबार, कार्तिक ५, २०७६

पश्चिमी जापानमा भारी वर्षा र ताइफुको चेतावनी,सतर्क रहन आग्रह

टोकियो । पश्चिमी जापानमा भारी वर्षा र ताइफुको सम्भावनाको चेतावनी दिएको छ ।
जापान मेट्रोलोजिकल एजेन्सीले पश्चिमी जापानमा भारी वर्षा हुने भएकाले सतर्क रहन जापान सरकारले आग्रह गरेको छ ।
सो क्षेत्रमा ताइफु आउन संकेत देखिएको बताइएको छ । जुन २७ र जुन २८ मा जापानभरका धेरै भुभागमा भारी बर्षातका कारण पहिरो जानसक्ने भएकाले यस क्षेत्रका मानिसहरुलाई सजग र सुरक्षित रहन एजेन्सीले आग्रह गरेको हो ।
त्यस्तै जापानको दक्षिणपश्चीमी टापूमा शक्तिशाली आँधीको पनि सम्भावना रहेको बताइएको छ । शुक्रवार सिकोकु क्षेत्रमा २ सय ५० मिलिमिटरसम्म पानी पर्न सक्ने अनुमान गरेको छ । त्यस्तै पश्चिमी जापानमा २ सय मिलिमिटर र टोकियो, उत्तरी क्युशु, दक्षिणपश्चिमी जापानमा १ सय ३० मिलिमिटर सम्म पानी पर्न सक्ने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया