सोमबार, बैशाख १४, २०८३

एनआरएन यूकेको महिला संयोजक पदमा क्षमता ढकालले उम्मेदवारी दिने

बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएन)बेलायतको आउँदो सेप्टेम्बर १४ मा निर्वाचनमा क्षमता ढकालले महिला संयोजक पदमा उम्मेदवारी दिने भएकी छिन।
नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी छोरी क्षमता ढकाल नेपालमा जावलाखेल निवासी हुन् भने हाल लण्डनको साउथ ह्यार्रोमा बस्दै आएकी छन् ।
विभिन्न देशको भ्रमण गरेकी क्षमता ढकालले यो पटक आफू एनआरएनए एनसीसी यूकेको नेतृत्वमा पुगे या नपुगे पनि राम्रो नेतृत्व ल्याउनका लागी सकृयता देखाउने बताइन।
एनआरएनकी अभियंता ढकाल यो नेतृत्वमा पुग्नको लागि साथिभाइ, ईष्टमित्रहरुबाट हौसला प्रदान भइरहेकोेले आफ्नो मनोबल उच्च भएको भनाइ छ।
एनआरएनएका पंजीकृत सदस्यहरुले नेपाली समाज र नेपाली समुदायको मर्मलाई ध्यानमा राखी नेतृत्व चयनको समयमा विशेष ध्यान पुरयाउन अति जरुरी छ धकालले भनिन एनआरएनले बिदेशमा रहेको लाखौँ नेपालीहरुको अभिभावकत्व र सबैको साँझा संस्था बन्नुपर्ने बताएकी छिन ।