संघीय सरकार संघीयताको मर्म अनुरुप नचलेको मुख्यमन्त्री गुरुङ्को आरोप

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको संघीय सरकार संघीयताको मर्म अनुरुप नचलेको आरोप लगाएका छन् ।
पोखरा महानगरको पाँचौ नगरसभालाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले केन्द्र सरकारमाथि प्रश्न उठाएका हुन् । ३० मिनेटभन्दा बढी भाषण गरेका उनले आधाभन्दा बढी समय केन्द्र सरकारको आलोचनामा खर्चिएका थिए ।
सत्ता फेरियो, सरकार फेरियो, संरचना फेरियो तर, माथि बस्नेहरुको सोच र कार्यशैली फेरिएन,’ मुख्य मन्त्री गुरुङले भने, ‘संघीयतामा गएपछि परिवर्तन हुन जरुरी थियो । विकेन्द्रिकृत सोच हुनुपर्थ्यो । तर त्यस्तो भएन । केन्द्रिकृत मानसिकता हटेन ।

केन्द्र सरकारले एकलौटी रुपमा ऐन तथा कानुन बनाइरहेको उनको आरोप छ । ‘संघ सरकारले अझै संघीयताको मर्म अनुरुप काम गरेको छैन । हरेक कुरामा एकलौटी ऐन कानुन बनाएको छ ।

यसरी पनि संघीयता कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण छ,’ उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गर्न सकिन्थ्यो । तर छलफल र सहमति केही गर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सँग त कुनै पनि गरेको छैन ।
प्रदेश तथा स्थानीय तहले आफ्ना ऐन तथा कार्यान्वयन गर्न पनि केन्द्र सरकारको ढोका ढक्ढक्याउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया