काठमाडौं । गायक प्रकाश सपुतको भाइरल गीत ‘गलबन्दी’ लय आफ्नो गीतबाट चोरिएको भन्दै गायक शम्भू राईले प्रतिलिपी अधिकारको माग गर्दै मुद्दा दर्ता गराएका छन् ।
गलबन्दी गीतलाई दिएर दुई गायक प्रकाश समुत अहिले सामाजिक सञ्जालमा छाएका छन् । गलबन्दी गीतको लय चोरिएको आरोप गायक शम्भु राईले लगाएपछि अहिले श्रोताहरु सामाजिक सञ्जालमा समेत पक्ष–विपक्षमा देखिएका छन् ।
सपुतको ‘गलबन्दी’ गीतसँग आफ्नो ‘आऊ नाचौं साथी हो’ बोलको देउसी गीतको लय मिलेपछि आफूले गायक सपुतलाई एक आपसमा मिल्ने बाटो रोजौं भनेर पटक–पटक आग्रह गरेको भए पनि सपुतले खासै चासो नदिएको गायक राईले बताएका छन् ।
राईले सपुतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’ सँग हुबहु मिलेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा मुद्दा दर्ता गरेका छन् । राईले बिहीबार मुद्दा दर्ता गरेको बताएको छ ।

