Nepali date


शुक्रबार, साउन ३, २०७६

‘ब्लु फिल्म’मा मस्त एक सांसद रंगेहात समातिए !

एजेन्सी । संसदमा पोर्न फिल्म हेर्दाहेर्दै कांग्रेसका एक सांसद रंगेहात समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका हुन् ।

आजतकका अनुसार संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए । झारसुगुड़ा क्षेत्रबाट दोस्रो पटक सांसदमा निर्वा्चित दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे ।

उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बिजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ ।

बिजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् ।

यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ । कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन्– यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन् । उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित गराएका छन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया