Nepali date


शनिबार, भदौ ७, २०७६

योग्यता र अनुभव नपुगेपछि पूर्वाञ्चल विश्वविद्यालयका तीन पदाधीकारीलाई बर्खास्त

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कार्यकारी परिषद्ले तीन पदाधीकारीलाई बर्खास्त गरेको छ । विभिन्न मितिमा आफैंले नियुक्त गरेका तीन पदाधिकारीलाई न्यूनतम योग्यता र अनुभव नपुगेपछि बर्खास्त गरेको हो ।

सोमबार कार्यकारी परिषदको बैठकले पूर्वाञ्चल विश्वविद्यालयका सहरजिष्ट्रार राजेशकुमार झा, चिकित्साशास्त्र संकायकी सहायक डिन दिप्ती सुब्बा र परीक्षा सहनियन्त्रक मेनुका श्रेष्ठलाई बर्खास्त गरेको हो । बर्खास्तीमा परेका झाँको शैक्षिक योग्यता पुगेको छैन । मेनुका र दिप्तीको भने अनुभव पुगेको छैन ।

पूर्वाञ्चल विश्वविद्यालयको पूर्वउपकुलपति महेश्वरमान श्रेष्ठको कार्यकालमा २०७० सालमा विश्वविद्यालय पदाधकिारीकारीको नियुक्ति गर्दा न्यूनतम शैक्षिक योग्यता स्नाकोत्तर हुनुपर्ने प्रावधान बनाएको थियो । त्यस्तै पदाधिकारीका लागि प्रथम श्रेणीमा उतीर्ण भए पाँच वर्ष र द्धितीय श्रेणी भए सात वर्ष प्राध्यापन अनुभव हुनुपर्ने प्रावधान बनाएको थियो ।

तर २०७४ साल चैतमा नियुक्ति पाएका मेनका र दिप्तीको प्राध्यापन अनुभव दुई वर्ष मात्र छ । सहडिनमा नियुक्त भएका झाको शैक्षिक योग्यता स्नातक मात्र छ । सहडिनको नियुक्ति पाउनुअघि झा पूर्वाञ्चल विश्वविद्यालयको समन्वय महाशाखा प्रमुख तथा विश्वविद्यालय प्रवक्ता थिए । सहडिनको नियुक्ति पाएपछि उनले महाशाखाबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गठन गरेको छानविन समितिले तीन जनालाई पदमुक्त गर्न सुझाव सहितको प्रतिवेदन दिएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया