बिहिबार, बैशाख १३, २०८१

एनआरएनएको पहलमा जापानमा रहेका नेपाली विज्ञहरुकोे नामावली संकलन कार्य सुरु (लिंकसहित…)

टोकियो । जापानमा रहेका नेपाली विज्ञहरुलाई एकिकृत गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नामावली संकलन कार्य सुरु गरेको छ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले एनआरएनए आईसीसीसंगको सहकार्यमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले सुरु गरेको ब्रेन गेन सेन्टरमा धेरै भन्दा धेरै नेपाली विषय विज्ञहरुलाई आवद्ध गराउने लक्ष्य सहित पहिलो चरणमा विशेषज्ञता हासिल गरेकाहरुको नामावली संकलन कार्य सुरु गरेको हो।
जुन २१ तारिकबाट जुलाई १५ तारिकसम्म आफनो नाम तथा जानकारी गराउनेहरुलाई एनआरएनए जापानले छिट्टै एक विशेष कार्यक्रम गर्ने जनाएको छ। जापानमा रहेका आईटी, विश्वविद्यालयका प्राध्यापक, चिकित्सक, अनुसन्धानकर्ता, कृषी तथा निमार्ण लगायतका महत्वपूर्ण क्षेत्रमा विशेषज्ञता हासिल गरेका नेपालीहरु सयौको सख्यामा रहेकाले सवैलाई एकिकृत गर्ने कार्यक्रम सुरु गरेको एनआरएनए जापानले जनाएको छ।
नामावली संकलन तथा विज्ञहरुसंग सहकार्यका लागि एनआरएनए जापानले पत्रकार आनन्द कोइरालालाई संयोजक तोकेको छ भने सल्लाहकार डा वेद काफलेले सहजीकरण गर्नुहुने छ।
विज्ञहरुको सहकार्यमा संकलित नामावलीलाई पूर्ण रुपमा गोपनियता राखि विशेषज्ञताका आधारमा फरक फरक कार्यक्रम आयोजना गरिने एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले जानकारी दिनुभयो। नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन जापानबाट विशेषज्ञता हासिल गरेर विभिन्न क्षेत्र आवद्ध नेपालीहरुलाई सहकार्यका लागि एनआरएनए जापानले अपील गरेको छ।

स्मरणीय छ नेपाली विज्ञहरुको सहकार्यमा जापानमा नेपाली राजदूतावास टोकियोले नेपाल जापान डाईलग सिरिज कार्यक्रम चार चरणमा सम्पन्न गरिसकेको छ। एनआरएनए जापानले यस अभियानबाट सुरु भएको विज्ञहरुलाई सो डाईलग सिरिजमा समेत समावेश गराउने जनाएकोछ।

विषय विज्ञहरुको नामावली संकलन यहाँबाट गर्नुहोस।
https://forms.gle/7YW8puYHxCxhVFENA