मङ्गलबार, बैशाख १५, २०८३

गाउँपालिका अध्यक्ष गोबिन्द खड्काको कारण बिरामीलाई सास्ती

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काको कारण बिरामीले सास्ती पाएका छन ।

लिखु गाउँपालिका वडा नम्बर ३ मा बस्ने ६२ वर्षीया का सानुमाया खड्का सिकिस्त बिमारी भई गाउपालिकाको एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा अध्यक्ष खड्काले एम्बुलेन्सबीच बाटोबाटै फर्काउन निर्देशन दिए ।

गाउँपालिका अध्यक्ष खड्काले ब्यक्तिगत रिसिबीका कारण बिरामी बोकेर ५ ७ किलोमिटर टाढा पुगेको एम्बुलेन्सका चालकलाई फोन गरि नागदह भन्ने ठाउँमा पुगेको एम्बुलेन्स फर्काएको पीडितका छोरा जीवन खड्काले जानकारी दिए । तामाङ भाषामा फोन गरि त्यो बिमारी कसले लैजान भन्यो ? किन लगेको बाटैमा खसालेर आईज भनी फोन गरेको र चालक जीवन तामाङले पालिका अध्यक्षले फोन गरि अर्को बिमारी छ एम्बुलेन्स फर्काउन लगाएको आरोप लगाए । तर त्यहाँ अर्काे विरामी नरहेको पीडितका छोरा जीवन खड्काले गुनासो गरे ।

चालकले गाउँपालिका अध्यक्षको निर्देशनमा विरामीलार्य बिचबाटोमा अलपल पारेको आरोप लगाए । अध्यक्ष खड्काले गाउँपालिका आफ्नो मनोपोलि गर्दै आफ्नै बुबा, भाइ बुहारीलाई जागिर खुवाइरहेको आरोप स्थानियले लगाएका छन । खड्काले कान्छि बुहारी सीता श्रेष्ठलाई कुनै पनि रोग नलागि ब्रेनटिमर भयो भनी पालिकाको पैसा ५ लाख रूपया उपचार खर्च समेत दिएका छन् आरोप समेत पीडितका आफन्तले जनाएका छन ।