शनिबार, बैशाख ०८, २०८१

नेपालको विकास अगाडि बढाउन प्रविधि मैत्री हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सम्मृद्ध नेपाल, सुखी नेपाली अभियानमा अगाडि बढाउनको लागि प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभएको छ ।
कलंकीमा नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ । हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।