काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्वतन्त्र प्रेस र लोकतन्त्रमा प्रतिबद्ध रहेको जनाएका छन् । सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेका केही तत्त्वहरूले सरकार विरुद्धका क्रियाकलाप केन्द्रित गरेको आरोप लगाए । उनले केही विषयलाई लिएर साम्प्रदायिक हिंसा भड्काउन प्रयास गरिएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले कसैले अवरोध गर्दैमा समृद्धिको यात्रा नरोकिने बताए । उनले समृद्धि देख्न नचाहने शक्तिले खेल्न खोजेको आरोप लगाए । उनले आफ्नो युरोप भ्रमण निक्कै सफल भएको प्रतिक्रिया दिए ।

